बालबालिकालाई स्टेशनरी सामग्री वितरण गर्दै लक्ष्मी ग्रुपले मनायो वार्षिकोत्सव



काठमाडौं । लक्ष्मी ग्रुपको ४९औं वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ ।

सेरेब्रल पल्सी सेन्टरको माग अनुसार उक्त सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।

हुन्डाई नेपालले हुन्डाई मोटरको “मोबिलिटी” सँग सबैलाई जोड्ने उद्धेश्यप्रति एक्यबद्दता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ ।

“मोबिलिटी” सबैको आधारभूत आवश्यकता मान्यता सहित कम्पनीले मस्तिस्क घात भएका व्यक्तिहरुलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको छ ।

साथै सेरेब्रल पल्सी सहायता समूहको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीन रूपमा सशक्तिकरण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आवद्ध व्यक्तिहरूलाई फर्निचर र अन्य सामग्रीहरू बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ ।

उक्त कार्यशालाको निर्माणले समूहलाई आर्थिक भार घटाउनका साथै आत्मनिर्भर बनाउने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप कन्फेक्शनरी, ट्रेडिंग लगायत अन्य गुणस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ ।


क्लिकमान्डु