सेयरधनीलाई ३० प्रतिशत लाभांश दिन लागेको नबिल बैंकको बुक क्लोज कहिले ?



काठमाडौं । सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने घानेषणा गरेको नबिल बैंकले पुस २९ गतेका लागि ३८ औं वार्षिक साधारणसभा बोलाएको छ ।

पुस २९ गतेका लागि सभा बोलाएको बैंकले पुस १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागी हुनुका साथै बैंकले तोकेको लाभांश समेत पाउनेछन् ।

बैंकले सेयरधनीलाई गत आवको नाफाको १८.५० प्रतिशत बोनस र कर सहित ११.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बैंकले सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्ने छ । यस्तै संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।


क्लिकमान्डु