मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले पुस २७ गतेका लागि १७ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले साभाको मिति तय गरेको हो ।

सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ ।

उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने छ । बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ नाफाबाट १२.३५ बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

यस्तै, सभाले सञ्चालक समितिको बैठक भत्ता, टेलीफोन तथा पत्रपत्रिका खर्च पुनरावलोकन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत एक लाख रुपैयाँ बढीका खर्च, कम्पनीको प्रबन्धपत्र आवश्यक परिमार्जन तथा संशोधन तथा थप गर्ने लगाएतका विशेष प्रस्वात पारित गर्ने छ ।

बैंक र अन्य बैंक कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने विशेष प्रस्ताव समेत सभाले अनुमोदन गर्ने छ । यस बैंक र अन्य कुनै एक वा सोभन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संसथा एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्वन गरि कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव उक्त सभाले अनुमोदन गर्ने छ ।

लाभांश प्रयोजनका लागि बैंकले सेयर दाखिला खारेज(बुक क्लोज) पुस १४ गतेदेखि पुस २७ गतेसम्म गर्ने निर्णय गरेको छ । जसअनुसार पुस २७ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त ग र्नेछन् ।


क्लिकमान्डु