साढे ४१ प्रतिशतसम्म लाभांश दिएको एक वाणिज्य बैंकले बनायो लगातार २ वर्ष सेयरधनीको हात खाली



काठमाडौं । सेयरधनीलाई कुनै समयमा ४१.०५ प्रतिशतसम्म लाभांश दिएको एनआईसी एशिया बैंकले लगातार दुई सेयरधनीको हात खाली बनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश दिने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षमा पनि सेयरधनीको हाल खाली बनाएको थियो ।

विगत दुई आर्थिक वर्षमा लगानीकर्ताको हात खाली बनाएको बैंकले त्यसअघि पनि सेयरधनीलाई निकै आकर्षक लाभांश दिएको थियो । बैंकले आर्थिक वर्ष २०७१/०७२ मा ४१.०५ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ३९ र कर प्रयोजनका लागि २.०५ प्रतिशत नगद लाभांश रहेको थियो ।

यस्तै त्यो भन्दा अघिल्लो आवमा १५ नगद र १५ बोनस सहित ३० प्रतिशत लाभांश दिएको बैंकले आर्थिक वर्ष २०७२/०७३ मा २७.३७, आव २०७३/०७४ मा २१.०५, आव २०७४/०७५ मा १०.५३, आव २०७५/०७६ मा २१.०५ र आव २०७६/०७७ मा २० प्रतिशत लाभांश दिएको थियो ।


क्लिकमान्डु