गुहेश्वरी मर्जेन्ट बैंकिङले घोषणा गर्यो लाभांश



काठमाडौं । गुहेश्वरी मर्जेन्ट बैंकिङ एण्ड फाइनान्सले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

फाइनान्सले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने ६ करोड ६५ लाख २८ हजार रुपैयाँ बराबरको बोनस सेयर तथा सोको कर प्रयोजनका लागि ०.३७ प्रतशितका दरले हुन आउने ३५ लाख १ हजार ४७३ रुपैयाँ ६८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस ५ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुने छ।


क्लिकमान्डु