वैदेशिक रोजगारीमा रहेका र अनौपचारिक स्वरोजगार पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सक्ने



काठमाडौं । सामाजिक सुरक्षा कोषले अनौपचारिक स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सक्ने व्यस्था गरेको छ ।

कोषले आज काठमाडौंमा कार्यक्रम गर्दै अनौपचारिक स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा कोष योजना सार्वजनिकीकरण गरी आवद्ध हुन सक्ने व्यस्था व्यवस्था गरेको हो ।

सामाजिक सुरक्षा योजनामा आबद्ध हुन चाहने वैदेशिक रोजगारीमा रहेका श्रमिकले कोषको कार्यलयमा निवेदन दिनुपर्ने छ ।
श्रमिकको नेपाली नागरिकता वा राहदानीको प्रतिलिपि र श्रम स्वीकृतिको प्रतिलिपि, श्रम गर्न जान लागेको देश, रोजगारदाता कम्पनी र ठेगानाका साथै नेपालमा सम्पर्क गर्ने व्यक्तिको नाम थर ठेगाना नता सम्बन्ध र सम्पर्क त्यसमा संलग्न गर्नु पर्ने कोषले जनाएको छ ।

कोषले विदेशमा कार्यरत रहेको वा स्वरोजगार गरी बसकेको मुलुकबाटै आवश्यक कागजात तथा विवरणको विद्युतीय प्रति संलग्न गरी अनलाइन प्रणाली मार्फत सूचीकरणका लागि निवेदन दिन सक्ने कोषले जनाएको छ ।


क्लिकमान्डु