बाराही हाइड्रोपावरको आईपीओमा ५१ हजार ५२२ जना आवेदक मालामाल



काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

आईपीओमा आवेदन दिएका योग्य आवेदकमध्ये ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् ।

आईपीओमा आवेदन दिएका मध्ये १५ हजार ४० जनाको आवेदन रद्द भएपछि ११ लाख ९१ हजार २८४ जना गोलाप्रथामा सहभागी भएका थिए । त्यसबाट ५१ हजार ५२२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी आवेदकको हात खाली भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले मंसिर २१ देखि २६ गतेसम्म ५ लाख ५४ कित्ता सेयर निष्कासन गरेकामा २७ हजार कित्ता सामूहिक लगानी कोष, ११ हजार ८० कित्ता सेयर कम्पनीका कर्मचारी र बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

आईपीओमा नतिजा एनआइबीएल एस क्यापिटलको वेबसाइट, बाराही हाइड्रोपावरको वेबसाइट, मेरो सेयर र सीडीएससीले आर्इपीओ नतिजा हेर्न बनाएको वेवसाइटबाट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु