लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीले पुस २२ गतेका लागि ७४ औं वार्षिक साधारणसाभा बोलाएको हो ।

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ ।

उक्त सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ३७ करोड ९ लाख ९५ हजार ८०६ रुपैयाँका दरले हुन आउने ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४२११ प्रतिशतले हुन आउने ५ लाख ६ हजार २९८ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको ७० औं वार्षिक साधारणसभा को निर्णय बमोजिम उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

यस्तै, सभाले संशोधित प्रबन्ध(पत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फरेबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव समेत सभाले अनुमोदन गर्ने छ ।

सभाले आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा,नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धीत अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले पुस ८ गते एक दिनका लागि सेयरधनी दर्ता किताब (बुकक्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु