उपत्यकामा मात्रै आधा दर्जन पाँच तारे होटल थपिँदै, अन्य कुन-कुन ठाउँमा आउँदै छन् ?



काठमाडौं । नेपालमा वार्षिक लाखौं विदेशी पर्यटकहरु आउने गर्छन् । मुलुकको आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकासमा सहयोग पुर्‍याउँदै आएको छ।

पर्यटन क्षेत्रमा पर्यटकको आगमन बढाउनका लागि सरकारी तथा निजी क्षेत्रले विभिन्न कार्य अगाडि बढाएको छ । त्यस्तै, पछिल्ला दिनहरुमा पर्यटन क्षेत्रको गन्तव्य बन्दै गएको देशभरका विभिन्न स्थानमा पर्यटनलक्षित निजी क्षेत्रले लगानी बढाएका छन् ।

नेपालमा वार्षिक १० लाखभन्दा बढी पर्यटक भित्रिने गरेको सरकारी तथ्याङ्क छ । त्यस्तै, चालु आर्थिक वर्षमा थप १० लाख बढी पर्यटन भित्र्याउने लक्ष्य लिएको छ । साहीअनुसार निजी क्षेत्रले पनि पर्यटनलक्षित तारे होटल निर्माण कार्यलाई जोड दिएको पाइन्छ ।

सरकारी तथ्याङ्कअनुसार अहिले सबैभन्दा बढी लगानी होटल क्षेत्रमा भएको देखाउँछ । जसमा विदेशी लगानीकर्ताको पनि होटल क्षेत्रमा बढ्दो आकर्षण देखिएको पाइन्छ । होटल क्षेत्रमा बढ्दो आकर्षण देखिए पनि तारे होटल क्षेत्रमा भने कम मात्रामा आयोजनाहरु आइरहेका छन् ।

त्यस्तै, तथ्याङ्कअनुसार अबको तीन वर्षसम्ममा देशभर दर्जन बढी तारे होटल थपिने देखिन्छ । निजी क्षेत्रहरुले पर्यटकलाई लक्षित गर्दै ठूलो रकम लगानी गरेका छन् । निजी क्षेत्रले उपत्यका मात्रै नभएर देशका विभिन्न पर्यटकीय क्षेत्रमा तारे होटलको कार्यलाई तीब्रता दिएका छन् ।

कुन–कुन ठाउँमा आउँदैछ तारे होटल ?

होटल हिल्टन

काठमाडौँको नक्सालमा करिब ८ अर्ब रूपैयाँ लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शंकर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौँ महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौँ’ निर्माण गरिरहेको छ ।

कम्पनीले ८ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त होटललाई चेन होटलका रुपमा निर्माण गरेको जनाएको छ । पाँचतारे लक्जरी होटल हिल्टन काठमाडौँमा १७४ गेष्ट रुम रहनेछन् ।

हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने प्रालिले जनाएको छ । उक्त होटलले स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खानाको व्यवस्था हुनेछ ।

दुई तला अण्डर ग्राउण्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औँ तलामाथि स्वीमिङ पुल रहनेछ । होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन् ।

हालसम्ममा होटलको आर्थिक प्रगति ६१ प्रतिशत भइसकेको छ । कम्पनीले आगामी सन् २०२४ सम्ममा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

होटल फरेस्ट इन

काठमाडौंको बुढानीलकण्ठमा पाँच तारे होटलको निर्माण कार्य सम्पन्न भएको छ । गत अक्टोबारबाट सञ्चालनमा आएको पाँच तारे होटल १ लाख ४२ हजार ७८३ स्क्वायरफिटमा निर्माण गरेको छ ।

कम्पनीअनुसार होटलमा १०३ वटा डिलक्स कोठा, ६ वटा स्वीट रुम र ६ वटा किङ साइजको कोठा गरी ११५ वटा कोठाको व्यवस्था हुनेछ ।

कम्पनीले उत्तल होटल २ अर्ब ५९ करोड ५० लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

ट्रान्क्यूइलिटी रोयल

काठमाडौंको ठूलोभर्याङ्मा पद्मा हस्पिटालिटी प्रालिले ‘ट्रान्क्यूलिटी रोयल’ पाँच तारे होटल निर्माण गर्नै भएको छ । कम्पनीले सन् २०२२ को नोभेम्बरबाट निर्माण कार्य अगाडि बढाएको छ ।

उक्त होटलमा दुई सय वटा कोठाको व्यवस्था हुनेछ । कम्पनीअनुसार होटल निर्माणका लागि २ अर्ब २९ करोड ३० लाख रुपैयाँ खर्च हुने जनाएको छ । साथै, कम्पनीले सन् २०२६ को जनवरीसम्ममा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

कम्पनीअनुसार होटलमा स्वीमिङ पुल, कन्फरेन्स एन्ड ब्याङ्क्वेट हल र अन्य सुविधा हुने जनाएको छ । पद्मा ग्रपद्वारा निर्माण गर्ने तयारी गरिरहेको कम्पनीको अध्यक्ष राजुप्रकाश कंडेल हुन् ।

द मसिफ होटल

ललितपुरको ग्वार्खोमा पाँच तारे द मसिफ होटल निर्माण गर्ने भइरहेको छ । कम्पनीले आगामी २०२३ को मध्यतिर सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अगाडि बढाएको छ ।

गुना ग्रुपको अध्यक्ष राजेन्द्र शाक्यको लगानी रहेको होटलमा ३०२ वटा कोठाको व्यवस्था हुनेछ । कम्पनीले होटल निर्माणका लागि ६ अर्ब ५१ करोड १० लाख खर्च हुने अनुमान गरेको छ । त्यस्तै, हालसम्ममा ५० प्रतिशत भौतिक कार्य सम्पन्न भइसकेको छ ।

ओयसिस होटल

काठमाडौंको कान्तिपथमा १६६ कोठाको सुविधासहित पाँच तारे होटल निर्माण भइरहेको छ । ओयसिस होटल प्रालिले आगामी सन् २०२६ सम्ममा सञ्चालनमा ल्याउने तयारीसहित निर्माण कार्य अगाडि बढाएको छ ।

अम्रितरत्न शाक्य र सुवर्णकृष्ण श्रेष्ठको स्वामित्व रहेको होटल निर्माणका लागि ४ अर्ब ९७ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । होटलको होटलको हालसम्ममा करिब २२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल

काठमाडौं महानगरपालिकाको वडा नम्बर–१ मा करिब डेढ अर्ब लगानीमा होटल निर्माण हुने भएको छ । इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल प्रालिले कमलादीमा १ अर्ब ३५ करोड रुपैयाँ लगानीमा होटल निर्माण गर्ने भएको हो ।

कम्पनीले कुल ८८८.१४ वर्गकिलोमिटर क्षेत्रफलमा होटल निर्माण गर्ने भएको छ । जसका कम्पनीले ३४१.८२ वर्गकिलोमिटर क्षेत्रफलमा भवन निर्माण हुने भएको छ भने कुल जग्गाको क्षेत्रफल ४८७२.९९ वर्गकिलोमिटर हुने उल्लेख छ ।

होटलमा ९४ कोठा र कुल २०० वटा बेडको व्यवस्था हुनेछ । जसमा ८६ वटा कोठा, ८ स्वीन सुइट, रेष्टुरेन्ट, व्यायाम हल, स्वीमिङ पुल र पार्किङको व्यवस्था हुने जनाएको छ । साथै, होटलमा ८० देखि १०० जनाले प्रत्यक्ष रोजगारी पाउने कम्पनीको दाबी छ ।

कम्पनीले बेसमेन्टसहित ९ तल्लाको भवन निर्माण गर्नेछ । एक देखि ८ तल्लासम्ममा टुवीन रुम ४ वटा, क्वीन रुम ६ वटाm सुइट रुम १ वटा र ९ तल्लामा ट्वीन रुम २ वटा क्वीन रुम ४ वटा हुनेछ । कम्पनीअनुसार होटलमा ४३६.६२ वर्गमिटर खुला क्षेत्र हुनेछ ।

कम्पनीले होटलमा १२५ वर्गमिटरमा वगैंचा र ८४ वर्गमिटरमा स्वीमिङ पुल निर्माण गर्नेछ । कम्पनीअनुसार होटलमा रिचार्ज पिटहरुको संख्या २ वटा, लिफ्टको संख्या २ वटा, आवस्मि सेवा, आकस्मिक सेवा। धुँवा डिटेक्टर, आपत्कालीन ढोका र भर्याङको व्यवस्था हुनेछ ।

होटल इस्टर्न नेपाल

झापाको धुलाबारीमा १ लाख १ हजार ७७ स्क्वयारफिट क्षेत्रफलले होटल इस्टर्न नेपाल प्रालि निर्माण भइरहेको छ । कम्पनीले १२ हजार स्क्वायरफिटमा क्यासिनो र ८ हजार स्क्वायरफिट ब्याङ्क्वेट निर्माण गर्नेछ ।

कम्पनीले सन् २०१८ मा पाँच तारे होटल निर्माण गर्नका लागि दर्ता गरेको थियो । होटलमा (सुइट र डिलक्स) सहित ८७ कोठा हुनेछ । जसमा कम्पनीले सन् २०२३ को जुलाईदेखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याउनेछ । दिपक खड्काको पूर्ण स्वामित्वमा रहेको होटलको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

होटल सफ्रोन सीके

बुटवलमा ५ हजार ७४६ स्क्वायरमिटरमा होटल सफ्रोन सीके पाँच तारे होटल बनाइरहेको छ । कम्पनीले १०७ वटा कोठाको व्यवस्थासहित पाँच तारे होटल निर्माण गरेको हो ।

कम्पनीले आगामी सन् २०२३ को नोभेम्बरसम्ममा सञ्चालनमा ल्याउने तयारी गरेको छ । उक्त होटल निर्माणका लागि १ अर्ब ४५ करोड ६० लाख रुपैयाँ खर्च हुने कम्पनीको अनुमान छ । जसमा चुन्नाप्रसाद शर्माको पूर्ण स्वामित्वमा होटल निर्माण भइरहेको छ।

सेदी होटल

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं–१८ लेकसाइडमा ३ अर्ब बढी लगानीमा पाँच तारे सेदी लक्जरी होटल निर्माण हुने भएको छ । बाराही सेदी प्राइभेट लिमिटेडले ३ अर्ब १० करोड रुपैयाँ लगानीमा स्टार होटेल निर्माण गर्ने भएको हो ।

होटलमा २५० वटा बेडको १५० कोठा, अफिस, रुम्स, स्वीमिङ पुल, पार्किङ एरिया, रेष्टुरेन्ट र बार, बैंक्वेटको सुविधासहित निर्माण गर्ने तयारी गरेको छ । होटल २६ हजार ५९७ वर्गमिटर (५२.२८ रोपनी) क्षेत्रफलमा निर्माण हुनेछ । त्यसमा कुल भवन निर्मित क्षेत्र १२ हजार १३५ वर्गमिटर (२३.८५ रोपनी) र खुला क्षेत्र १४ हजार ४६२ वर्गमिटर (२८.४३) क्षेत्रफल हुनेछ ।

निर्माणका लागि तयारी रहेको होटलमा ५ वटा भवन हुनेछ । जसमा ब्लक ‘ए’ ३ हजार ८५० वर्गमिटर भवन निर्माण हुनेछ र १ हजार २४० वर्गमिटर प्लिन्थ एरिया हुनेछ । भवन ५ तल्लाको हुने कम्पनीको भनाइ छ ।

कम्पनीले कुल १५० कोठामध्ये १०२ वटा स्ट्यान्डर्ड डिलक्स कोठाहरु, २३ वटा क्वीन र किंग साइज बेडहरु भएका कोठाहरु, १० वटा कोठामा क्लब र १५ वटा सुइट कोठाहरुको व्यवस्था हुनेछ ।

हरिप्रसाद पौडेलको ८७ प्रतिशत स्वामित्व र उनकै परिवारको ३ जना सदस्यको स्वामित्व रहेको होटलको हालसम्ममा २५ प्रतिशत भौतिक कार्य सम्पन्न भइसकेको छ ।

होटल बुद्ध स्टार

भैरहवाको सिदार्थनगर–९ मा होटल बुद्ध स्टार होटल निर्माण भइरहेको छ । कम्पनीले सुरुमा तीन तारे होटल निर्माण गर्ने गरी उद्योग दर्ता गरेको थियो । तर, पछि चार तारे होटल निर्माण गरी कार्य अगाडि बढाएको छ ।

कम्पनीले १२० वटा कोठाको व्यवस्थासहित आगामी सन् २०२५ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने तयारी गरेको छ । कम्पनीअनुसार १२० वटा कोठाको होटल निर्माणका लागि १ अर्ब ८९ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

होटलमा अग्नी सिमेन्ट र शुभश्री अग्नी सिमेन्टको सञ्चालकसमेत रहेका राजकुमार पोखरेल र उनका परिवारको स्वामित्व छ । हालसम्ममा होटलको २२ प्रतिशत प्रगति भइसकेको छ ।

होटल रेगियो इन

रुपन्देहीको सिद्धार्थनगर–३ मा ६० वटा कोठाको सुविधासहित तीन तारे होटल निर्माण गरिरहेको छ । कम्पनीले प्रति कोठा ६२६ स्क्वारमिटर प्लटमा निर्माण हुने जनाएको छ ।

शिभभक्तको ५० प्रतिशत स्वामित्व रहेको होटल आगामी सन् २०२४ देखि सञ्चालनमा ल्याउने गरी निर्माण गरिहरेका छन् । कम्पनीअनुसार होटल निर्माणका लागि ६७ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।


अरिष्मा मोक्तान