इक्रा नेपालले ७२.१७ प्रतिशत लाभांश दिने, नगद र बोनस कति ?



काठमाडौं । रेटिङ कम्पनी इक्रा नेपालले बम्पर लाभांश दिने निर्णय गरेको छ ।

कात्तिक १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७२.१७ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले नाफाबाट ५२.१७ प्रतिशत कर सहितको नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले पुस २२ गतेका लागि दशौं साधारणसभा बोलाएको छ । सभा होटल एलोफ्ट ठमेलमा हुनेछ ।


क्लिकमान्डु