चन्द्रागिरी हिल्सले बनायो सेयरधनीको हातखाली, कहिले हुँदैछ साभारणसभा ?



काठमाडौं । चन्द्रागिरी हिल्सले सेयरधनीको हात खाली बनाउने भएको छ । कम्पनीले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।

मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २१ गतेका लागि साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका प्रस्ताव पेश गरिने छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, संस्थापक तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

सभाका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु