सेयर बजारमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुदेखि नै बजारमा गिरावट आएको हो । उक्त गिरावट अन्तिमसम्म कायमै बजार सूचक ३१.९७ अंकले घटेर परिसूचक १८८५.३१ बिन्दुमा रोकिएको छ ।

२५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कम्पनीको १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा दोहोरो अंकको गिरावट आउँदा सबै समूहको उपसूच राताम्मे बनेको छ । बैंकिङ समूहको ३०.८०, विकास बैंक ४७.९१, वित्त २०.९९, होटल २७.६१, जीवन बीमा ७८.४४, उत्पादन तथा प्रशोधन ८२, माइक्रोफाइनान्स ५५.३४, निर्जीबन बीमा ९८.४०, अन्य २१.०८ र ट्रेडिङ समूहको उपसूचक उपसूचक २४.५९ अंकले घटेको छ ।

कारोबारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यको सकारात्मक सर्किट लागेको छ । यस्तै समिट लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबारमा पाँचथर पावर कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, शिव श्री हाईड्रोपावर, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ९३ लाख ६७ हजार ९२६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र हिमालयन डिस्ट्रिलरी कम्पनी रहेका छन् ।


क्लिकमान्डु