चोलेन्द्रको निलम्बन फुकुवाको पत्रविरुद्धको रिटमा आज सुनुवाइ



काठमाडौं । निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसद सचिवालयले दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुँदैछ ।

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका ९ पदाधिकारीले संसद्का महासचिव भरतरात गौतमको पत्रविरुद्ध हालेको रिट माथि शुक्रबार सुनुवाइ हुन लागेको हो । बुधबार दर्ता भएको उक्त निवेदनलाई सर्वोच्चले शुक्रबारका लागि संवैधानिक इजलासमा पेसी तोकेको छ ।

रिटमा‘महाभियोगबारे निर्णय गर्ने प्रतिनिधिसभाको निरपेक्ष अधिकारमाथि अनुचित बन्देज लगाउँदै महाभियोग प्रस्तावलाई निष्क्रिय पार्ने महासचिवको पत्र संवैधानिक र क्षेत्राधिकारविहीन रहेको’ भन्दै बदर गर्न माग गरिएको छ।


क्लिकमान्डु