सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको आधारभूत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार फुकुवा गरिदिएको हो ।

सानिमा लाइफले सेयर कारोबार फुकुवा गरिदिन नेप्सेलाई मंसिर २० गते पत्र पठाएको थियो । उक्त पत्र प्राप्तभएपछि मंसिर २१ गतेको निर्णयानुसार कम्पनीको सेयर कारोबार फुकुवा गरिएको नेप्सेको भनाइ छ ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले एक आपसमा गाभ्ने/गाभिने सम्झौतापत्रमा हस्ताक्षर गरेपछि यी कम्पनीहरुको कारोबार नेप्सेले रोक्का गरिदिएको थियो ।

सानिमा लाइफ र रिलायन्स लाइफले मर्जरमा जाने सम्झौतापत्रमा गत असार २९ गते हस्ताक्षर गरेका थिए ।


क्लिकमान्डु