चिलिमे जलविद्युतले १५ प्रतिशत लाभांश दिने



काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यस्तै, उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २२ गते २६ औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस ३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु