आईपीओ निष्कासन गरेको कालिन्चोक दर्शन प्रालिको वित्तीय अवस्था ऋणात्मक, कहिलेबाट जान्छ नाफामा ?



काठमाडौं । कालिन्चोक दर्शन प्रालि सर्वसाधारणका लागि साधारण सेयर निष्कासनको तयारीमा रहेको छ । कम्पनीले अहिले आयोजना प्रभावित र वैदेशिक रोजगारीका रहेका नेपालीका लागि आईपीओ निष्कासन गरिरहेको छ ।

कालिञ्चोक दर्शन लिमिटेड २०६३ साउन १७ गते कालिञ्चोक हाइड्रोपावर प्रालिको नामबाट दर्ता भएको कम्पनी हो । २०६९ माघ २६ गते कालिञ्चोक दर्शन प्रालिको नाममा दर्ता भएको र २०७१ माघ ६ गतेदेखि प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत भई २०७१ माघ ८ गतेदेखि कालिञ्चोक दर्शन लिमिटेडको नाममा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनी हो ।

कम्पनी मार्फत केबुलकार, होटल तथा रिसोर्ट र एम्यूजमेन्ट पार्क लगायतका परियोजना सञ्चालन गर्ने गरी २०७२ मंसिर २५ गते उद्योग विभागबाट स्वीकति प्राप्त भएको हो ।

कुरी खर्क क्षेत्रको २.४३ हेक्टर वन २०७३ असोज ११ गतेगुठी संस्थान संगको सम्झौता गरेर २५ वर्षका लागि भाडामा लिएको छ।
जुन कालिञ्चोक दर्शन लिमिटेडको अनुरोधमा अर्को कार्यकालको लागि नविकरण गर्न सकिन्छ ।

केबुलकार परियोजना सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरु निर्माण भईसकेको छन् । २०७५ कात्तिक १७ गतेदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालनमा ल्याईसकेको छ ।

यस परियोजना सञ्चालन स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य मात्रामा भ्रमण हुने गरेको छ । औषत दैनिक एक हजार देखि १५ सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु यस पर्यटकीय क्षेत्रमा भ्रमण गर्न तथा घुम्न आउने गरेको कम्पनीले जनाएको छ । परियोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष १९ दिन रहेको छ ।

परियोजनाको डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष रहेको छ । कम्पनीको संस्थापक सञ्चालकमा २३ जना व्यक्ति तथा कम्पनी रहेका छन् । जसको अध्यक्षमा बाल कृष्ण शिवाकोटी रहेका छन् ।

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म कम्पनीको प्रति सेयर नेटवर्थ ८९ रुपैयाँ ३४ पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० मा प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ, आर्थिक वर्ष २०८०/०८१ मा १०५ रुपैयाँ २ पैसा र आर्थिक वर्ष २०८१/०८२ मा ११३ रुपैयाँ ८३ पैसा हुने प्रक्षेपण रहेको छ ।

यस्तै आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी २ रुपैयाँ ७७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९/८० मा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५३ पैसा, आर्थिक वर्ष २०८०/०८१ मा ९ रुपैयाँ २० पैसा र आर्थिक वर्ष २०८१/०८२ मा १८ रुपैयाँ ६३ पैसा हुने प्रक्षेपण रहेको छ ।

यस्तै आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म कम्पनी ऋणात्मक रहेको थियो । उक्त अवधिमा कम्पनी ५ करोड ११ लाख ६६ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । यस्तै आर्थिक वर्ष २०७९/८० मा २ करोड ३९ लाख ७३ हजार ऋणात्मक रहने कम्पनी त्यसपछि भने नाफामा जाने प्रक्षेपण गरिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड १२ लाख १० हजार नाफा आर्जन गर्ने र आर्थिक वर्ष २०८१/०८२ मा ८ करोड २९ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।

कम्पनीले ६० करोड मध्ये १ करोड २० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले १ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लामा स्थायी बसोबास गर्नेका लागि निष्कासन गरेको छ ।

कम्पनीको जारी पुँजीको १८ प्रतिशत अर्थात १० करोड ८० लाख रुपैयाँको १० लाख ८० हजार कित्ता मध्ये १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र बाँकी रहेको २१ हजार ६०० कित्ता कर्मचारी ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि छट्याएको छ । बाँकी रहेको ८ लाख ९६ हजार ४०० सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने छ ।


क्लिकमान्डु