सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजारमा आएको गिरावटसँगै कारोबार रकममा भने गिरावट आएको छ । मंगलबारको कारोबारमा बजार मापन गर्ने सूचक र कारोबार रकम पनि घटेको छ ।

बजार मापन गर्ने सूचक ४.८७ अंकले घटेर परिसूचक १९३३.८८ बिन्दुमा रोकिएको छ । २३८ कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँमा किनबेच भएको छ ।

बजारमा सामान्य गिरावट आउँदा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ५.३१, विकास बैंक २३.८६, जलविद्युत कम्पनी ८.७७, उत्पादन तथा प्रशोधन ३५.०३, निर्जीबन बीमा २७.०५, टे«डिङ समूहको उपसूचक ६.९८ अंकले घटेको छ । यस्तै जीवन बीमा ०.६७, माइक्रोफाइनान्स १२.४० अन्य समूहको उपसूचक ८.२८ अंकले बढेको छ ।

यो दिन धौलागिरी लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स, हिमालयन बैंक, खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । बकको ८ करोड १२ लाख ३४ हजार ७९९ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रलरी र रिडी पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु