विन नेपाल लघुवित्तले एफपीओ निष्कासन गर्ने



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले थप साधारण निष्कासन (एफपीओे) निष्कासन गर्ने भएको छ ।

कम्पनीले ५१ हजार २९३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अकिंत मुल्य मा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आयोजित कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वसन्त बहादुर शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु