सुपर मादी हाइड्रोपावरको आईपीओ निष्कासन



काठमाडौं । सुपर मादी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि आईपीओ निष्कासन गरेको हो । उक्त आईपीओमा आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका आवेदन दिन सक्नेछन् ।

जसमा कास्की जिल्लाको मादी गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, कास्की जिल्लाको मादी गाउँपालिका–३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका–२६, २७ र २८ का स्थानीय बासिन्दाले ७ लाख ३५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

यस्तै २ लाख १० हजार कित्ताका लागि श्रम स्वीकृति लिएर विदेशमा बसी रोजगार गरिरहेका नेपालीले आवेदन दिन पाउनेछन् ।
आयोजना प्रभावित स्थानियले पुस ५ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस २० गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेकाले भने पुस ५ गतेसम्म मात्रै आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । विदेशमा रहेका नेपालीले मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यस्तै आयोजना प्रभावितले बिक्री प्रबन्धक सानिमा क्यापिटलका साथै एनसीसी, कुमारी, माछापुच्छ्रे बैंक, सानिमा बैंकको स्थानीय शाखाबाट आवेदन दिन सकिने छ । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिइ सकेपछि सर्वसाधारणका लागि निष्कासन हुनेछ ।


क्लिकमान्डु