नेको इन्स्योरेन्सले लाभांश घोषणा



काठमाडौैं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु