पेपरलेस, क्यासलेस तथा भर्चुअल विराट एक्स्पोको राष्ट्रपतिले उदघाटन गर्ने



काठमाडौं । उद्योग संगठन मोरङले कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ (विराट एक्स्पो) २०७९ को आयोजना गर्ने भएको छ । प्रदर्शनी विराटनगर महानगरपालिका १४ स्थित स्नातकोत्तर क्याम्पस परिसर, पुरानो हवाई फिल्डमा यही मङ्सिर २९ देखि पुस ६ गतेसम्म हुने भएको हो । एक्सपोको तयारी पूरा हुन साढे ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

विराट एक्स्पोको उद्घाटन राष्ट्रिपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । सो कुराको जानकारीले आयोजक संस्थाले आइतबार प्रदर्शनीस्थलमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । सो अवसरमा प्रदर्शनीले औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने अर्थतन्त्र चलायमान गराउन सहयोग गर्ने उद्देश्य राखेको उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेलले बताए । अर्थतन्त्र सुस्त भएको समयमा जोखिम मोलेर उद्योगी व्यवसायीले नै यस्ता औद्योगिक प्रदर्शनी आयोजना गरेर टेवा दिनुपर्ने उनले प्रष्ट पारे ।

यस संगठनले सबैभन्दा पहिलो एक्स्पोको आयोजना २०५३ सालमा ‘कोशी महोत्सव’ नामबाट गरेको थियो । यो विराट एक्स्पो २०७९ त्यसैको सातौँ संस्करण हो । यो एक्स्पो नेपालमा आयोजना हुने थोरै औद्योगिक प्रदर्शनीमध्ये छुट्टै औद्योगिक प्रदर्शनीको पहिचान र ब्रान्डको स्थापना गर्न सफल भएको उनले दाबी गरे ।

एक्स्पोको उद्देश्य

पत्रकार सम्मेलनमा विराट एक्स्पोको बारेमा विज्ञप्तिमार्फत यो औद्योगिक एक्स्पो हो भनिएको छ । विज्ञप्तिमा अनुसार एक्स्पोका माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान–प्रदान हुनेछ । एक्स्पोले उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पु¥याउनेछ । साथै कृषि–उत्पादनको व्यवसायीकरण गर्न एक्स्पोको अहम् भूमिका हुनेछ ।

यसबाहेक यसबाट पर्याप्तरूपमा पर्यटकीय गन्तव्यको प्रचार–प्रसार हुने र आन्तरिक पर्यटनको प्रवद्र्धन हुने हाम्रो विश्वास छ । यस एक्स्पोबाट नवप्रवद्र्धक (स्टार्टअप) हरूको व्यावसायिक विकासमा सहयोग पुग्नेछ । यसबाट स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजारको दायरा फराकिलो बनाउन ठूलो योगदान पुग्नेछ ।

यसपटकको सातौँ संस्करणमा केही फरक र नयाँपन दिने प्रयत्न गरेको छ । कृषि तथा औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसँगसँगै यसपटकको एक्स्पोलाई विशुद्ध औद्योगिक एक्स्पोको फ्लेवर दिन खोजिएको छ । जस्तै आर्थिक एवम् औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल गरेर अनुभवको आदान–प्रदान गर्न दैनिक रूपमा फरक–फरक विषयमा प्राविधिक सत्र, अन्तक्र्रिया तथा सेमिनारहरूको आयोजना गरिनेछ ।

एक्स्पोमा प्रदेश १ मा लगानीका सम्भावित क्षेत्रहरूको लगानी पेभिलियन, नवउद्यमीहरूको उद्यमशीलता विकास गर्न स्टार्टअप पेभिलियन, श्रम–रोजगार र सीप फाँटका लागि छुट्टै पेभिलियन तथा पर्यटन क्षेत्रलाई पनि छुट्टै पेभिलियनको व्यवस्थापन गरिनेछ । यसबाट एक्स्पोमा समग्र औद्योगिक ‘इकोसिस्टम’ को प्रदर्शन हुनसक्ने विश्वास छ ।

विराट एक्स्पो तथा कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी बिहान १० देखि साँझ ७ बजेसम्म सञ्चालन हुने व्यवस्थापन मूल समितिकका संयोजकक भोलेश्वर दुलालले पत्रकार सम्मेलनमा जानकारी गराए ।

उनका अनुसार प्रदर्शनीमा ३ सय ६१ स्टलहरूको सङ्ख्या रहने छ । २ लाख अवलोकनकर्ताले स्टलहरुको अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शनी स्थलमा आउन जान सहज होस् भनेर निःशुल्क बसको व्यवस्था गरिएको छ । प्रदर्शनीमा पर्यटन पेभिलियन (६ वटा), लगानी पेभिलियन ६ वटा, श्रम-रोजगार तथा सीप पेभिलियन १५ वटा र. स्टार्टअप पेभिलियन २५ वटा रहने छन् ।

उद्योग संगठन मोरङ कार्यसमिति परिसर ३४ वटा स्टल, औद्योगिक (कर्पोरेट तथा डिस्प्ले प्रोडक्ट) परिसर (डोम १) ७५ वटा स्टल रहने छन् । विराट व्यापार संघद्वारा प्रवद्र्धित ४० वटा स्टल समेत गरी ७५ वटा स्टल रहने छन् ।

प्रदेश सरकार कृषि मन्त्रालयद्वारा प्रवद्र्धित २० वटा स्टल र नेपाल घरेलु तथा साना उद्योग महासंघ, प्रदेश नं १ द्वारा प्रवद्र्धित १० वटा स्टल समेत रहने छन् । नाडा प्रदेश १ र मोरङ अटोमोबाइल एसोसिएसनद्वारा प्रवद्र्धित अटोमोबाइल परिसर रहने छ । खाद्य परिसर १० वटा स्टलहरू रहने छन् । प्रदर्शनीमा अवलोकनकर्ताहरू प्रवेश गर्न साँझ ४ बजेसम्म ५० रुपैयाँ र त्यसपछि सय रुपैयाँको टिकट काट्ने नियम बनाइएको छ ।

एक्स्पोका मुख्य विशेषता एवम् आकर्षणहरूः

नेपालका प्रमुख तथा चर्चित औद्योगिक ब्रान्डहरू खुकुरी रम, म्याजिक फुटवेयर, सेन्चुरी स्पाइसेस एण्ड स्न्याक्स, डाबर, निम्बस, सिजीलगायत ३०० भन्दा बढी औद्योगिक र कर्पोरेट क्षेत्रको सहभागिता रहनेछ ।

भारतका कृषिजन्य मिल-मेसिनरी उत्पादन गर्ने कम्पनीहरू अञ्जली इन्टरप्राइजेज, प्रगति इन्जिनियर्स, राशि इन्जिनियर्स, भारद्वाज इन्टरप्राइजेजलगायतका कृषि तथा औद्योगिक मिल–मेसिनरी उत्पादन गर्ने कम्पनीहरूको सहभागिता हुनेछ ।

कृषि तथा औद्योगिक क्षेत्रमा लजिस्टिक तथा अन्य व्यावसायिक विकासका सेवाहरू प्रदान गर्ने कम्पनीहरू नेपाल क्यान मुभ प्रालि., उपाय सिटी कार्गो प्रालि, मण्डला एग्रिफ्रेस, फ्लास फ्रेट लजिस्टिकलगायतका कम्पनीहरूको सहभागिता रहनेछ ।

भारत, पाकिस्तान र बंलादेशबाट सहभागिता

मिल-मेसिनरी तथा अन्य उत्पादनहरूसहित पाकिस्तानबाट छालाजन्य उत्पादनहरू, बंलादेशबाट गार्मेन्ट्स तथा भारतबाट विशेष गरी हेल्थ र किचेनका आइटमहरूको सहभागिता रहनेछ ।

घरेलु, साना तथा महिला उद्यमशीलताको सहभागिता

तेह्रथुमको ढाका, सङ्खुवासभाको अल्लो, ताप्लेजुङको राडी–पाखी, इलामको ललीपप, चिया तथा जुम्लाका अर्गानिक उत्पादनहरूलगायतको सहभागिता रहनेछन् ।

स्टार्टअप पेभिलियन

केही गरौँ भन्ने व्यावसायिक र नयाँ आइडिया भएकालाई उद्यमशीलतामा रूपान्तरण गर्न युवाहरूलाई व्यावसायिक वातावरण तयार गर्न व्यावसायिक विकासका सेवाप्रदायकहरूको इकोसिस्टमको प्रदर्शन गरी यस्तो इकोसिस्टमलाई दिगो रूपमा सुदृढ गर्ने लक्ष्यका साथ यो पेभिलियन रहनेछ ।

यो इकोसिष्टमलाई दिगो र प्रभावकारी बनाउने सामूहिक प्रयासलाई अझ सशक्त बनाउने र नयाँ आइडिया भएका युवा– युवतीहरूलाई आफ्नो आइडिया परीक्षण गर्ने वातावरण तयार गर्ने रहेको छ ।

लगानी पेभिलियन

प्रदेश १ मा लगानीका लागि सम्भावित परियोजनाहरूको प्रदर्शन गर्ने, लगानी गर्न इच्छुकहरूका लागि आवश्यक सहजीकरण गर्न उद्योग संगठन मोरङ, प्रदेश लगानी प्राधिकरण, एसिया फाउन्डेसन र कन्सोर्टियम, भिरोक, नियर्स, सिइओ र सावतीको सहकार्यमा लगानीका क्षेत्रहरू, सम्भावित परियोजनाहरू, लगानीको मोडेल, तथा लगानी सहजीकरणका नीतिगत कार्य-व्यवस्थाहरूको विस्तृत जानकारीसहितको लगानी पेभिलियनविराट एक्स्पो २०२२ को अर्को मुख्य आकर्षण रहेको छ ।

पर्यटन पेभिलियन

पर्यटन पेभिलियनमा प्रदेश १ का विभिन्न पर्यटकीय गन्तव्यहरूको जानकारी राखिनेछ । महत्वपूर्ण गन्तव्य पाथिभरा, कञ्चनजङ्घा, सगरमाथा बेस क्याम्प र गोक्यो लेकथ्रीडीभिआर प्रविधिबाट भर्चुअल टुर गर्न मिल्ने गरी व्यवस्था गरिएको छ ।

साथै होलोग्राम प्रविधिमार्फत् प्रमुख गन्तव्यहरूको अवलोकन गर्न मिल्ने गरी व्यवस्था गरिएको छ । यस पेभिलियनमा पर्यटन व्यवसायीहरूको संस्था होटल एसोसिएसन, टुर अपरेटर एसोसिएसनलगायतका संस्थाहरूमाउन्टेन फ्लाइट, तथा अन्य गन्तव्यहरूको टुर प्याकेजहरू उपलब्ध गराउने कार्यक्रम छ । यस पेभिलियनमा प्रदेश पर्यटन तथा संस्कृति मन्त्रालय र नेपाल पर्यटन बोर्डकोसहभागिता रहने छ ।

म,रोजगार तथा सीप पेभिलियन

प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा सहजीकरणमा श्रम, रोजगार तथा सीप पेभिलियनको निर्माण गरिएको छ । रोजगारदाता, तालिम प्रदायकहरू, रोजगार सूचना केन्द्र तथा नीतिगत सहजीकरण गर्ने स्थानीय तथा प्रदेश सरकार समेतले एकै स्थानबाट उपलब्ध काम र दक्ष कामदारबारे हाल भइरहेका प्रयासहरूबारे जानकारी दिने र आगामी दिनमा गर्नुपर्ने नीतिगत परिमार्जनका लागि पृष्ठपोषण लिने गरी छुट्टै पेभिलियन तयार गरिएको छ ।

स्थानीय परिकारहरूको प्रस्तुति

समग्र स्थानीय अर्थतन्त्रको विकासका लागि स्थानीय खाना तथा खानाका परिकारहरूको व्यावसायिक रूपान्तरण हुन आवश्यक छ । स्थानीय खानाका परिकारहरूको व्यावसायिक रूपान्तरणले समग्र खाद्य उत्पादन र प्रशोधनको मूल्यशृङ्खलालाई चलायमान बनाइ प्रभावकारी मागलाई बढोत्तरी गर्दछ भन्ने मान्यताका साथ स्थानीय खानाहरू, घुँगी, भक्का, सेल रोटी, केरा तथा च्याउका स्वादिष्ठ परिकारहरू, नेवारी, थकाली खाना-खाजा आदिको प्रवर्धनका लागि एक्स्पो परिसरमा स्थान दिइएको छ ।

परम्परागत सीपको लाइभ प्रस्तुति

परम्परागत सीप तथा प्रविधिको जगेर्ना गर्दै लैजानु पर्दछ भन्ने मान्यताका साथ यस एक्स्पोमा माटाका भाँडाकुँडा बनाउने, सुकुल र गुन्द्री बनाउने, बाँसका चोयाबाट ढकी, डालो, नाङ्लो बनाउने, गहुँको छ्वालीबाट बन्ने छ्वाली आर्ट, ढाका तानलगायतका सीपहरूको लाइभ प्रस्तुति गर्ने गरी तयारी गरिएको छ ।

सेन्ट्रल डिजिटल डिस्प्ले

सुनसरी-मोरङ औद्योगिक करिडोरमा भएका सबैप्रकारका औद्योगिक उत्पादनहरू, कृषि तथा पर्यटनलगायतका क्षेत्रहरूको अवस्था, ऐतिहासिकता एवम् सम्भावना उजागर गर्ने भिडियो सामग्रीहरू, सूचनामूलक तथा कमर्सियल विज्ञापनहरू प्रसारण गर्न एक्स्पो परिसरमा छुट्टै डिजिटल डिस्प्ले बोर्डको व्यवस्था गरिएको छ । सशुल्क तथा निःशुल्करूपमा प्रचारका सामग्रीहरू प्रसारण गर्न मिल्ने यस बोर्डमा मुख्य स्टेजका महत्त्वपूर्ण कार्यक्रमहरू हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ ।

थिमेटिक सेशन तथा सेमिनार

कृषि, पर्यटन र उद्योगलाई केन्द्रमा राखेर यसको यान्त्रिकीकरण, व्यवसायीकरण तथा औद्योगिकीकरणमा सहजीकरण गर्ने उद्देश्यले दैनिक विविध विषयहरूमा प्राविधिक थिमेटिक सत्रहरू सञ्चालन गरिँदैछ ।

प्रदेश १ मा लगानीका अवसर तथा नीतिगत वातावरण, लगानीमैत्री नीतिगत व्यवस्था, कृषि, पर्यटन, उद्योग, पूर्वाधार, मानवस्रोत, ऊर्जालगायतका मुद्दाहरूमा विज्ञहरूको सहभागितामा नीतिगत बहस र छलफल हुँदैछ ।

थिमेटिक फेसन सो

प्रयोग गरिसकेर फालिएका प्लास्टिक तथा प्लास्टिकजन्य प्याकेजिङ सामाग्रीहरूको पुनः प्रयोग तथा सदुपयोग गर्न विभिन्न वस्तुहरू बनाउन सकिन्छ र प्लास्टिकलाई सही ढङ्गले उपयोग गर्नुपर्दछ भन्ने सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्लास्टिकजन्य प्याकेजिङ सामग्रीको उत्पादन गर्ने उद्योगहरूको संस्था प्लास्ट फाउन्डेसन नेपालसँगको सहकार्यमा रिड्यूज, रियूज, रिसाइकल थिममा फेसन सो को आयोजना गरिँदैछ ।

रोबट, भिआर तथा होलोग्राम प्रविधिको प्रयोग

विराट एक्स्पोमा रोबटसँग भेटघाट गर्न सकिने व्यवस्थापन गरिएको छ । त्यसैगरी, थ्रीडी भीआर प्रविधिका माध्यमबाट सगरमाथा बेस क्याम्प, कञ्चनजङ्घा बेस क्याम्प, गोक्यो लेक दृश्यावलोकन तथा धार्मिक टुर गर्न सकिनेछ । साथै होलोग्राम प्रविधिका माध्यमबाट भर्चुअल रियालीटीबाट वराहक्षेत्र, तीनजुरे मिल्के तथा पाथिभराका दृश्यहरू अवलोकन गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

माउन्टेनफ्लाइट

एक्स्पो अवधिभर माउन्टेनफ्लाइटको व्यवस्था गरिएको छ । माउन्टेनफ्लाइटलाई पर्यटन प्रर्वद्धनकका लागि दीर्घकालीन सोच बनाइएको जानकारी राइएको छ ।

पेपरलेस, क्यासलेस तथाभर्चुअल एक्स्पो

एक्स्पोमा सहभागी प्रदर्शनकर्ताहरूलाई आफ्नो भिजिटिङ कार्ड स्क्यान गर्न हरेक स्टलमा आफ्नो क्युआर कोड राख्ने, स्टलमा सामान खरिद गर्दा गर्नुपर्ने भुक्तानीका लागि हरेक स्टलमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी विराट एक्स्पो २०७९ लाई संसारभरबाट हेर्न मिल्ने र कुनै पनि स्टलबाट सामान खरिद गर्न सक्नेगरी भर्चुअल एक्स्पो ईकमर्सको प्रयोग गर्ने प्रयास गरिएको छ । निःशुल्क सटल बस सेवा एक्स्पोमा अवलोकनकर्ताहरूलाई आवत–जावतमा सहजता प्रदान गर्ने उद्देश्यले सातै दिन दैनिक ७ वटा सटल बस सेवा उपलब्ध रहने छ ।

एक्स्पोको प्रयोजक

यस एक्स्पोको मुख्य प्रायोजकमा खुकुरी रम रहेको छ भने गोल्ड प्रायोजक मेजिक फुटवेयर, सेन्चुरी स्पाईसेस एण्ड स्न्याक्स रहेको छ । सिल्भर प्रायोजकमा बागमती प्लाष्टिक, पूर्वाञ्चल ल्यूब आयल, बजाज, ग्रीन टायर्स, नेपाल वेयरहाउजिङ कलि (निम्वस), हुलास इन्फ्रा प्रालि रहेको छ । त्यसैगरी वैंकिङ पाटर्नरमा नविल वैंक र इन्स्यूरेन्स पाटर्नरमा एनएलजी इन्स्यूरेन्स रहेको छ ।

प्रदर्शनीको प्रवद्र्धकमा

प्रदर्शनीको प्रवद्र्धकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेश १ को उद्योग, श्रम तथा रोजगार मन्त्रालय, कृषि मन्त्रालय, पर्यटन तथा सांस्कृति मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रदेश लगानी प्राधिकरण, विराटनगर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं. १, स्वीस कन्टयाक्ट, सहज नेपाल, इन्स्योर परियोजना, द एशिया फाउण्डेशन रहनेछन् ।

सहयोगी संस्थाहरू

सहयोगी संस्थामा मोरङ व्यापार संघ, विराट व्यापार संघ रहेको छ भने एक्स्पोको सर्पोटेडका रुपमा डिग्री क्याम्पस, विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल अटोमोवाईल डिलर एशोसिएसन (नाडा), मोरङ अटोमोवाईल डिलर एशोसिएसन (माडा), प्लाष्ट फाउण्डेशन नेपाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ, प्रदेश १, नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टर रहेको छ ।

प्रदर्शनीको कन्टीबुटरमा

प्रदर्शनीको कन्टीबुटरमा उद्योग संगठन मोरङको कार्यसमितिका एम एम गु्रप, पशुपति टिएमटी वार, अरिहन्त एग्रिकल्चर, आरकेजी ग्रुप, व्बागमती आयल इण्ड, कावरा ग्रुप, फुजिमा आयल कम्पनी, हुलास खाद्यान्न, नेशनल मोटर्स, जल पाइप एण्ड फिटिङ, प्रिमीयर वायर्स, चन्द्रशिव राईस एण्ड आयल मिल, एसजी ग्रुप रहेका छन् ।

स्र्टाटअप पाटर्नर अन्तरप्रेरणा, रिसर्च पाटर्नर फयाक्ट नेपाल, टेलिकम पाटर्नर नेपाल टेलिकम, ईकमर्श पाटर्नर ठूलो डटकम, सर्भिलियन्स पाटर्नर यूएनभि, हस्पिटेलिटि पाटर्नर होटल एशोसिएसन नेपाल, ईभेन्ट म्यानेजमेन्ट ईन्ट्रोडक्शन ट्रेड शो नेपाल प्रालि, ब्राण्डिङ पाटर्नर ब्राण्ड लजिक रहेको छ ।

यस एक्स्पोको अवलोकनका लागि सम्पूर्ण देशवासी, विशेष गरी प्रदेश १ वासीहरू, उद्योगी, व्यवसायी, कृषक, उद्यमी, लगानीकर्ता, सेवाप्रदायक, प्राध्यापक, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, राजनीतिकर्मी, धार्मिक व्यक्तित्व, युवा, बेरोजगार, नवप्रवर्तक सबैमा अपिल गरिएको छ ।


क्लिकमान्डु