अजोड इन्स्योरेन्सको सेयर कारोबार फुकुवा



काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)ले कम्पनीको आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोवार फुकुवा गरिदिएको हो ।

अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएपछि कम्पनीको सेयर कारोबार रोकिएको थियो । साउन १ गतेदेखि कम्पनीको सेयर कारोबार रोक्का भएको थियो ।

सेयर कारोबार खुलाउनका लागि कम्पनीले मंसिर ११ गते नेप्सेमा आवेदन दिएको थियो ।


क्लिकमान्डु