सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिएको नेशनल लाइफले सीईओलाई दियो ७९ लाख रुपैयाँ तलब



काठमाडौं । सेयरधनीहरुलाई १५.७८९ प्रतिशत लाभांश दिएको नेशनल लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ)लाई ७९ लाख रुपैयाँ तलब दिएको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ मा सीईओलाई ७८ लाख ९१ हजार ३५ रुपैयाँ तलब, भत्ता एवं बोनस दिएको हो । सीईओले वार्षिक तलब सुविधावापत ६६ लाख ३० हजार ४८१ रुपैयाँ र कर्मचारी बोनसवापत १२ लाख ६० हजार ५५४ रुपैयाँ गरी उक्त रकम बुझेका हुन् ।

कम्पनीका सीईओमा सुरेश कुमार खत्री रहेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा संचालक समितिका सदस्यहरुलाई(उपसमितिको वैठकको भत्ता समेत गरी) बैठक/भत्ता वापत जम्मा १८ लाख २७ हजार ५०० रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले ब्यवस्थापनका अन्य पदाधिकारीहरुलाई जम्मा पारिश्रमिक र भत्ता वापत १ करोड ४६ लाख २ हजार २६८ रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै, इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ मा कुल व्यवस्थापनमा १ अर्ब १८ करोड ७१ लाख ५३ हजार ५९३ रुपैयाँ खर्च गरेको छ । आव २०७६/०७७ मा इन्स्योरेन्सले कुल व्यवस्थापन खर्च शिर्षकमा ८८ करोड ६२ लाख ९९ हजार ०६२ रुपैयाँ खर्च गरेको थियो ।

इन्स्योरेन्सले कर्मचारी खर्च शिर्षकमा २९ करोड १९ लाख ९ हजार ९९३ रुपैयाँ, अभिकर्ता अन्य खर्च शिर्षकमा ७० करोड ४६ लाख २५ हजार ६८ रुपैयाँ, घर भाडामा ३ करोड ८२ लाख ९६ हजार १४० रुपैयाँ, विज्ञापन तथा प्रचार प्रसारमा २ करोड ९२ लाख ७५ हजार ४४१ रुपैयाँ र अन्य कार्यालय संचालन खर्च शिर्षकमा १२ करोड २९ लाख ६६ हजार ३३१ रुपैयाँ खर्च गरेको छ।

आर्थिक वर्ष २०७७/०७८ मा जम्मा ९ बैठकको लेखा परीक्षण समितिका सदस्यलाई ३ लाख २५ अजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको छ । लेखा परीक्षण समितिका सदस्यहरुलाई प्रति बैठक भत्ता १२ हजार ५०० रुपैयाँ प्रदान गरिएको इन्स्योरेन्सले जनाएको छ ।


क्लिकमान्डु