नेप्सेसँग क्षमा मागेपछि रिडी पावर कम्पनीको सेयर कारोबार फुकुवा



काठमाडौैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रिडी पावर कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले रिडीलाई सचेत गराउँदै सेयर कारोबार फुकुवा गरेको जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयर कारोबार भइरहेको समयमा सञ्चालक समितिको बैठक बसी लाभांश दिने घोषणा गरेको थियो । उक्त घोषणासँगै नेप्सेले कारोबार रोक्का गरेको थियो ।

आइतबार नेप्सेले कम्पनीलाई आगामी दिनमा त्यस्तो कमजोरी नगराउन सचेत गराउँदै सोमबारदेखि लागू हुनेगरी कारोबार फुकुवा गरेको जनाएको छ ।

नेप्सेका अनुसार कम्पनीले अब उप्रान्त त्यस्तो कमी कमजोरी नगर्ने-नगराउने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले क्षमायाचता मागेकाले कारोबार फुकुवा गरेको जनाएको छ । कम्पनीले मंसिर ६ गते आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ४२.१० प्रतिशत लाभांश घोषणा गरेको थियो ।


क्लिकमान्डु