सेयर बजारमा सामान्य सुधार, करोबार रकम डेढ अर्ब बढी
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २.१६ अंकले बढेर परिसूचक १९६३.२२ बिन्दुमा रोकिएको छ ।
निकै उतार चढाबकाबीच बजारमा सामान्य सुधार देखिएको छ । २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा होटल तथा टुरिजम ४४.५३, जलविद्युत ३.९८, जीवन बीमा १८३.३६, माइक्रोफाइनान्स १६.३५, निर्जीबन बीमा ५७.६९, अन्य १०.८५, टे«डिङ समूहको उपसूचक १५.४४ अंकले बढेको छ । यस्तै बैंकिङ समूहको ९.४१, विकास बैंक १.६१, वित्त ९.९४, उत्पादन तथा प्रशोधन समूहको उपसूचक १३.४० अंकले घटेको छ ।
कारोबारमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै ओरियन्टल होटल, खप्तड लघुवित्त वित्तीय संस्था, यूनाइटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था, नबिल बैंक, पोखरा फाइनान्स, प्राइम इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको १९ करोड ८० लाख ६७ हजार ४९३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेको छ ।