यी हुन् नेपाल लाइफमा एक दर्जन ठूला लगानीकर्ता, संघईको बर्चश्व कायमै



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा ठूला लगानीकर्ता १२ जना रहेका छन् । १ प्रतिशत भन्दाबढी लगानी भएका १२ जना लगानीकर्ता रहेको कम्पनीले जनाएको छ ।

१ प्रतिशतभन्दा बढी लगानी रहेका १२ जना मध्येमा संघई ६ जना, अग्रवाल ३ जना, गोल्यान २ जना गुप्ता १ जना रहेका छन् ।

कम्पनीमा सबैभन्दा बढी शुभास चन्द्र संघाइको ६.६९ प्रतिशत अर्थात् ४८ लाख १८ हजार ७७५ कित्ता सेयर रहेको छ ।
यस्तै गोविन्दलाल संघईको ५.३७ प्रतिशत अर्थात ३८ लाख ६२ हजार ९४० कित्ता सेयर रहेको छ ।

अनुज अग्रवालको नाममा ५.३३ प्रतिशत अर्थात ३८ लाख ३५ हजार २०८ कित्ता, पवन कुमार गोल्यानको ४.०८ अर्थात २९ लाख ४० हजार ७७४ कित्ता, बिशाल अग्रवालको ३.७५ प्रतिशत अर्थात २६ लाख ९९ हजार ७०९ कित्ता, राम चन्द्र संघइ३.४८ प्रतिशत अर्थात २५ लाख ७ हजार ७ कित्ता, पुरुषोत्तम लाल संघई ३.४५ प्रतिशत अर्थात २४ लाख ८४ हजार ६०६ कित्ता, बासुदेभ गोल्यानको नाममा ३.०७ प्रतिशत अर्थात २२ लाख ८ हजार ८२ कित्ता सेयर रहेको छ ।

यस्तै ३ प्रतिशत भन्दा कम सेयर स्वामित्व ४ जनाको रहेको छ । कविता संघईको २.१५ प्रतिशत अर्थात १५ लाख ४५ हजार ६७० कित्ता, तुल्सीराम अग्रवालको १.८६ प्रतिशत अर्थात १३ लाख ३८ हजार ८८० कित्ता, मञ्जु अग्रवालको १.७८ प्रतिशत अर्थात १२ लाख ७९ हजार ८६३ कित्ता र शुसिल गुप्ताको १.५० प्रतिशत अर्थात १० लाख ८३ हजार २४५ कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु