एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर १६ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँको १० प्रतिशतका दरले बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने छ ।


क्लिकमान्डु