सञ्चालक, कार्यकारी प्रमुख तथा कर्मचारीलाई कोड अफ कन्डक्ट लागू गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सदाचार नीति बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ को निर्देशन १९ मा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरूले पालना गनुपर्ने आचरण सम्बन्धमा सदाचार नीति ९कोड अफ कन्डक्ट) तर्जुमा गरी लागू गर्न भनेको छ ।

अहिलेसम्म राष्ट्र बैंकले यस्तो नीति लागू गरेको थिएन । यो नयाँ व्यवस्था हो ।


क्लिकमान्डु