भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्यमा केही कमी आएको छ ।

नेपाल आयल निगमलाई डिसेम्बर १ (बिहीबार) आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थअन्तर्गत पेट्रोल र डिजेलको मूल्यमा क्रमशः २ रुपैयाँ ३८ पैसा र ११ रुपैयाँ २६ पैसा घटेको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने आईओसीले पठाएको नयाँ मूल्य सूचीमा बढेर आएको छ । निगमकाअनुसार ग्यासमा प्रतिसिलिन्डर ४५ रुपैयाँ बढेर नयाँ मूल्य सूची आएको छ ।

भारतले पठाएको नयाँ मूल्य सुचिअनुसार नेपाल आयाल निगमलाई पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर १३ रुपैयाँ र ५३ पैसा नाफा रहेको छ भने ग्यासमा प्रति सिलिन्डर २ सय ७७ रुपैयाँ घाटा हुने देखिएको छ । निगमलाई नयाँ मूल्य सुचिअनुसार आगामी १५ दिनमा ५३ करोड हाराहारीमा नाफा हुने प्रक्षेपण गरिएको छ ।


क्लिकमान्डु