सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदुरपश्चिम अभियान



काठमाडौं । सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदुरपश्चिमको थालनी गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेको छ । धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले उद्घाटन गरेकी हुन् ।

डा.ढुंगानाले पानी पूरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटी सम्मका कारोबारहरु डिजीटल रूपमा क्यूआर कोड मार्फत भुक्तानी गरी डिजिटल सुदुरपश्चिमको उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा डा. तिम्सिनाले राष्ट्र बैंककै उच्च प्राथमिकतामा रहेको डिजिटल पेमेन्टलाई डिजिटल सुदुरपश्चिममा सुरुवात गर्न पाउँदा आफू खुसी भएको र समग्र राष्ट्र मै यो अभियान चलाउन सकिएमा देशमा हुने गरेका सबै कारोबारहरु पारदर्र्शी हुने तथा नोट छाप्नका लागी विदेशिने धन राशिको संचय हुने बताइन् ।

डिजीटल सुदुर पश्चिम अभियानलाई साकार गर्ने हो भने डिजीटल इको सिस्टम कै विकास गर्नू पर्ने कुरामा जोड दिइएको छ ।

दैनिक जीवनयापन गर्दा उपभोग गर्दै आएको पानी पूरीदेखि जुत्ता मर्मत सम्म, टेम्पो सवारी देखि मन्दिरको भेटी सम्मका कारोबारहरु डिजीटल रूपमा क्यू आर कोड मार्फत भुक्तानी ग¥यौं त्यसरी नै डिजीटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र सुदूरपश्चिम डिजिटलमा जाने कुरामा दुई मत नभएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए ।


क्लिकमान्डु