फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले २० प्रतिशत लाभांश दिने, बोनस कति ?



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

२० प्रतिशत लाभांशमा घोषणा गरेकामा १९ प्रतिशत बोनस सेयर रहेको छ भने कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश रहेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमाण्डू