सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम बढ्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकम पनि बढेको छ ।

बजार मापन गर्ने सूचक ११.२२ अंकले बढेर परिसूचक १९६१.०६ बिन्दुमा रोकिएको छ । २४१ कम्पनीको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर १ अर्ब ३२ करोड २९ ७२ हजार १८५ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा बैंकिङ समूहको उपसूचक १३.४८, विकास बैंक ९.५८, जलविद्युत ७.४५, जीवन बीमा ११६.५७, उत्पादन तथा प्रशोधन २३.७०, माइक्रोफाइनान्स १०.७१, टे«डिङ समूहको उपसूचक १६.५८ अंकले बढेको छ । यस्तै निर्जीबन बीमा १५.१४, होटल समूहको उपसूचक ४.८० अंकले घटेको छ ।

कारोबारमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै स्वेत गंगा हाईड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेशन, स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने घलेम्दी हाईड्रो, रु रु जलविद्युत परियोजना, सयपत्री हाईड्रो, इन्फिनीटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको १४ करोड ४५ लाख ५६ हजार ७९२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनसीसी बैंकको संस्थापक सेयर र हिमाल दोलखा हाईड्रोपावर रहेका छन् ।


क्लिकमान्डु