दर्जन बढी बैंक तथा वित्तीय संस्थाको साधारणसभाः कुनको लाभांश कति, बुक क्लोज कहिले ?



काठमाडौं । विभिन्न १३ वटा बैंक तथा वित्तीय संस्थाले साधारण तथा विशेष साधारणसभा बोलाएका छन् । यी कम्पनीहरुले मंसिर र पुसमा सभा बोलाएका छन् । अहिलेसम्म ७ वटा बैंक, २ वटा जलविद्युत लगायतका कम्पनी रहेका छन् ।

विशेष साधारणसभा बाहेक साधारणसभा बोलाएका कम्पनीहरुमा १० वटा कम्पनीले लगानीकर्तालाई लाभांश दिने भएका छन् ।
सभा घोषणा गरेका कम्पनी सबैले बुक क्लोजको मितिसमेत तय गरिसकेका छन् ।

नेशनल लाइफ इन्स्योरेन्सले मंसिर १८ गतेका लागि साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ । त्यो प्रस्ताव सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । सभाका लागि मंसिर ८ गते बुक क्लोज गरिसकेको छ ।

युनिलिभर नेपालले मंसिर २० गतेका लागि साभारणसभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १२१५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव लैजाने छ । उक्त प्रस्ताव सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । त्यसका लागि मंसिर ४ देखि २० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

बैंक अफ काठमाण्डूले मंसिर २३ गतेका लागि सभा बोलाएको छ । बैंकले सभामा आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश दिने प्रस्तवा पेश गर्नेछ । उक्त प्रस्ताव पारित भएपछि लगानीकर्ताले पाउनेछन् । यस्तै बैंकले सभामा ग्लोबल आइएमई बैंकसँग गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पनि पारित गर्ने भएको छ । बैंकले सभाका लागि असार २ गते नै बुक क्लोज गरिसकेको छ ।

ग्लोबल आइएमई बैंकले मंसिर २३ गतेका लागि सभा बोलाएको छ । बैंकले सभामा आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ३ प्रतिशत बोनस र १०.६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने छ । यो प्रस्ताव पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । यस्तै बैंक अफ काठमाण्डूसँग गाभ्ने/गाभिने प्रस्ताव पारित गरिने छ । त्यसका लागि बैंकले असार २ गते नै बुक क्लोज गरिसकेको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स मंसिर २३ गते सभा बोलाएको छ । निर्वाचनका लागि उक्त सभा बोलाएको जनाएको छ । त्यसका लागि मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकले मंसिर २५ गतेका लागि सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १६.५१ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाने छ । उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । त्यसका लागि मंसिर ७ गते बुक क्लोज गरिसकेको छ ।

एभरेष्ट बैंकले मंसिर २६ गतेका लागि सभा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट बैंकले दिने भने १३ प्रतिशत बोनस र ७.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारिन गर्ने छ । उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । सभाका लागि भन्दै बैंकले मंसिर १३ गते बुक क्लोज गरिसकेको छ ।

युनाइटेड इदी मर्दी एण्ड आर बी हाईड्रोले मंसिर २८ गतेका लागि सभा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ। उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । सभाका लागि मंसिर १६ गते बुक क्लोज हुनेछ ।

सानिमा बैंकले पुस ३ गतेका लागि सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने छ । यो प्रस्ताव पारित भएपछि लगानीकर्ताले पाउनेछन् । सभाका लागि मंसिर १५ गते बुक क्लोज हुनेछ ।

यस्तै माउन्टेन इनर्जी नेपालले पुस ८ गतेका लागि सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाने छ । उक्त प्रस्ताव सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । सभाका लागि मंसिर २७ गते बुक क्लोज गर्ने भएको छ ।

सोल्टी होटलले पुस २८ गतेका लागि सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ५ प्रतिशत बोनस र २१.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने भएको छ । उक्त प्रस्ताव पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।

सभाका लागि पुस ७ देखि २८ गतेसम्म बुक क्लोज हुनेछ । मर्जरको अन्तिम तयारीमा रहेका कुमारी र एनसीसी बैंकले मंसिर २५ गतेका लागि सभा बोलाएका छन् । दुवै बैंकको प्रस्ताव मर्जरमा जाने प्रस्ताव पारित गर्ने रहेको छ । त्यसका लागि दुवै बैंकले मंसिर १५ गते बुक क्लोज गर्ने भएका छन् ।


क्लिकमान्डु