मुद्दती निक्षेपमा डेढ अर्ब लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ५३ करोड १५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बैंकको कोषहरुमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

२०७९ पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गरिने भएकाले मंसिर १८ गते राती १२ बजेभित्रमा प्राप्त हुने गरी ब्याजदर प्रस्ताव गर्न बैंकले आह्वान गरेको हो ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंैकहरुमा १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा २२ करोड ९७ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७ करोड ६५ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ ।

बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्पतीमा २० प्रतिशत वा सो भन्दा सो भन्दा बढी रहेको, आव २०७८/०७९ मा सञ्चालन मुनाफामा (व्यवस्था पछिको) रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको लगायतका सर्तहरु राष्ट्र बैंकले राखेको छ ।


क्लिकमान्डु