कालिन्चोक दर्शनको आईपीओ निष्कासन, कसले कहिलेसम्म पाउँछन् आवेदन दिन ?



काठमाडौं । कालिन्चोक दर्शन प्रालिले आजदेखि साधारणसेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले निष्कासन गरेको आईपीओ आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउनेछन् ।

कम्पनीले १ करोड २० लाख रुपैयाँको १ लाख २० हजार कित्ता आर्इपीओ आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको छ । बिक्री खुला गरेको हो ।

सर्वसाधारणलाई निष्कासन हुने १० लाख ८० हजार कित्तामा १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछने । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि १० हजार ८०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा मंसिर २८ गतेसम्म आवेदन दिन सकिने छ । आयोजना प्रभावितले भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

आवेदनकर्ताले बिक्री प्रबन्धक तथा, निष्कासन गर्ने कम्पनीका साथै मेगा बैंक र सेञ्चुरी बैंकको दोलखामा रहेका शाखा बाट आवेदन दिन सकिने छ । विदेशमा रहेका नेपालीले मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु