राष्ट्र बैंंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंंकले २ वर्ष अवधिका लागि ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले बोलकबोल मार्फत विकास ऋणपत्र २०८१ ‘छ’ २ वर्ष अवधिका लागि बिक्री गर्ने भएको छ । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागद्वारा २ वर्ष अवधिको विकास ऋणपत्र २०८१“छ” बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागेको हो ।

उक्त ऋणपत्र बै‌क तथा वित्तीय संस्था, गैर-बै‌क वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्न सक्नेछन् । ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण गरिने छ ।

यो ऋणपत्र धितो राखी कर्जा लिन दिन सकिने छ । बोलकबोलको निष्कासन भोली हुनेछ । यसको साँवा भुक्तानीको अवधि २०८१ मंसिर १४ गते रहेको छ । ब्याज भने अर्धबार्षिक रुपमा हुनेछ । ब्याजमा भने कर लाग्ने छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ६ अर्ब ८ करोड र १ अर्ब २ करोड छुट्याइएको । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने छ । खरिद गर्न पाउने सिमा घटीमा ५ हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनेछ ।


क्लिकमान्डु