राष्ट्र बैंकले स्वीकृत गर्यो प्रभु बैंकको लाभांश, अब सेयरधनीले कति पाउँछन् ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको लाभांश स्वीकृत गरेको छ ।

केन्द्रीय बैंकले सोमबार बैंकले दिन लागेको ८ प्रतिशत लाभांश स्वीकृत गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ६.५० प्रतिशत बोनस र १.५० प्रतिशत नगद नगद लाभांश दिन प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

केन्द्रीय बैंकले स्वीकृत गरेसँगै अब बस्ने बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।


क्लिकमान्डु