कृषि तथा पशुपालन क्षेत्रमा कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो



काठमाडौं । कृषि तथा पशुपालन क्षेत्रमा कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ ।

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार रोजगार अनुमति प्रणाली (ईपीएस)का लागि कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षाको आवेदन खुला गरेको हो ।

कोरिया शाखाका अनुसार परीक्षामा सामेल हुन इच्छुक योग्य नागरिकहरुले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने जनाएको छ ।

शाखाले भाषा परीक्षाको पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ गतेदेखि माघ २७ गतेसम्म हुने छ । त्यस्तै, दोस्रो चरण भने फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ ।

त्यसैगरी, पहिलो चरणको सीप परीक्षण भने फागुन ३ गतेदेखि ५ गतेसम्म हुनेछ भने दोस्रो चरणको सीप परीक्षण चैत १ गतेदेखि चैत ३ गतेसम्म हुनेछ ।

शाखाले परीक्षा आवेदनका लागि पुस ४ गतेदेखि ८ गतेसम्म मिति तोकेको छ । आवेदनहरुको परीक्षा काठमाडौंबाट हुनेछ । साथै, आवेदकहरुले https://eoers.epsnepal.gov.np मा गई अनलाइनबाट मात्र भर्नु पर्नेछ ।


क्लिकमान्डु