समानुपातिकमा एमालेले साढे २२ लाख भोट ल्याउँदा एकीकृत समाजवादीले २ लाख कटायो



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना जारी रहेको छ ।

आइतबार बिहान ३ बजेसम्मको निर्वाचन आयोगको तथ्यांक अनुसार प्रतिनिधि सभा तर्फको समानुपातिकमा नेकपा एमालेले अग्रता कायम राखेको छ । एमालेले २५ लाख ५४ हजार ७६१ मत पाएको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २१ लाख ५५ हजार ६० मत पाएको छ । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ उसले ९ लाख ४५ हजार ८३९ मत पाएको छ ।

चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । रास्वपाले ९ लाख ७ हजार ५१८ मत पाएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्तीले ४ लाख ८० हजार ८६४ मत पाएको छ ।

जनता समाजवादी पार्टीले २ लाख ७२ हजार ३७८ मत पाएको छ भने नकपा एकीकृत समाजवादीले २ लाख ९ हजार ५९५ मत पाएको छ । जनमत पार्टीले २ लाख ७ हजार ४१ र नागरिक उन्मुक्ति पार्टीले १ लाख ९३ हजार मत पाएको छ ।

त्यस्तै लोसपाले १ लाख १४ हजार १२९ मत पाएको छ । आयोगका अनुसार अहिलेसम्म ८१ लाख ७० हजार ८४७ मत गणना भएको छ ।


क्लिकमान्डु