भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो



dtkq ldnfpFb} bdf}nL, % dlª;/ M tgx’F If]q gDa/ ! sf] dtu0fgfsf nflu dtkq ldnfpFb} . tgx’Fsf] b’j} If]qdf dtu0fgf ;’? ePsf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ ।

प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ । त्यसैगरी नेकपा (एमाले) दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन् ।

प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं. क्षेत्रबाट ३२ हजार ९०४ र क्षेत्र नं २ बाट सात हजार ८६३ मत प्राप्त गर्दै कुल ४० हजार ७६७ मतका साथ पहिलो दल बनेको हो । नेमकिपाले क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा १ (२)को सदस्यमा विजय हासिल गरेको थियो ।

यस्तै प्रदेशसभामा एक सदस्य जितेको नेकपा (एमाले)ले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरेको छ । एमालेले क्षेत्र नं. १ बाट आठ हजार १९४ र क्षेत्र नं. २ बाट १७ हजार ८७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताए ।

त्यसैगरी नेपाली कांग्रेसले २३ हजार ७६९ र रास्वपाले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौंथो दल बनेका छन् । कांग्रेसले क्षेत्र नं. १ बाट आठ हजार ८७५ र क्षेत्र नं. २ बाट १४ हजार ८९४ मत प्राप्त गरेको बिसीले जानकारी दिए ।

रास्वपाले क्षेत्र नं. १ बाट ११ हजार ११० र क्षेत्र नं. २ बाट ११ हजार ८९६ मत प्राप्त गरेको छ ।

यस्तै राप्रपाले ११ हजार ३९२ मत प्राप्त गरेको छ । राप्रपाले क्षेत्र नं. १ बाट पाँच हजार ९०३ र क्षेत्र नं. २ बाट पाँच हजार ४८९ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र)ले क्षेत्र नं. १ बाट एक हजार ३६७ र क्षेत्र नं. २ बाट पाँच हजार ४८९ सहित कुल ४ हजार ९८ मत प्राप्त गरेको छ भने नेकपा (एकिकृत समाजवादी)ले दुई हजार १५२ मत प्राप्त गरेको छ ।


क्लिकमान्डु