चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छः झलनाथ खनाल



इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए ।

आज पत्रकारसँग कुरा गर्दै उहाँले भने, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ । दुई सय ६६ मतपत्र बढी भेटियो ।”

उनले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने दावी गरे । प्रम खनालले भने, “कसले छिरायो त्यहाँभित्र मुचुल्का कागज सही हो कि होइन रु निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता पाउँदैन ।”

हालसम्मको गणनाअनुसार इलाम–१ मा नेकपा ९्एमालेका महेश बस्नेतले २ हजार ४ सय ५५ मतान्तरले अग्रता लिइरहनुभएको छ । खनालले १६ हजार ८७ मत प्रप्त गर्दा बस्नेतले १८ हजार ५ सय ४२ मत पाएका छन् ।

क्षेत्र नं १ मा ५९ हजार नौ सय छ मध्ये १७ हजार दुई सय ५९ मत गणना हुन बाँकी छ । तर, खनालले पुनः मतदानको माग गरेका छन् ।


क्लिकमान्डु