महोत्तरी-४ मा कांग्रेसका यादव निर्वाचित



काठमाडौं । महोत्तरी–४ बाट प्रतिनिधिसभा सदस्यका रुपमा कांग्रेसका महेन्द्र राय यादव निर्वाचित भएका छन् ।

गठबन्धनकातर्फबाट उम्मेदवार रहेका यादवले जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई पछि पार्दै जित निकालेका हुन् ।
महेन्द्र राय यादवले कुल २५ हजार ४२० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी डा. सुरेन्द्र यादवले २१ हजार २९६ मत प्राप्त गरेका छन् ।
कांग्रेसका महेन्द्र राय यादव र र एमालेका डा. सुरेन्द्र यादव ४ हजार १२४ मतको मतान्तर देखिएको छ ।


क्लिकमान्डु