समानुपातिकमा घण्टीलाई उछिन्दै तेस्रोमा माओवादी केन्द्र



काठमाडौं । देशभर गणना भइरहेको प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो ।

शनिबार दिउँसो करिब १ बजेसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार माओवादीले ८ लाख १ हजार ५२४ मत प्राप्त गरेको छ । यसअघि निरन्तर तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी हाल ७ लाख ९९ हजार ३२० मतसहित चौथो स्थानमा पुगेको छ ।

हालसम्म भएको मतगणनामा समानुपातिकतर्फ पहिलो स्थाननमा नेकपा एमाले र दोस्रोमा नेपाली कांग्रेस रहेको छ । एमालेले हालसम्म १८ लाख ९६ हजार ७३१ मत पाएको छ भने कांग्रेसको मत १८ लाख २९ हजार ७९१ रहेको छ ।


क्लिकमान्डु