सेयर बजारमा गिरावट, सिभिल बैंकको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ७.७२ अंकले घटेर परिसूचक १९२१.९९ बिन्दुमा रोकिएको छ ।

बधुबार २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता सेयर १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सिभिल बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन बैंकसँग मर्जरमा जान लागेका कारण रोक्का भएको कारोबार खुलेको छ । कारोबार खुले लगत्तै सकारात्मक सर्किट लागेको हो । यस्तै घलेम्दी हाईड्रोको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा जानकी फाइनान्स, पिपुल्स पावर कम्पनी, धवलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।
यस्तै कारोबार स्टयान्डर्ड चार्टर्ड बैंक, नबिल ब्यालेन्स फण्ड–३, बुद्धभुमी नेपाल हाईड्रो, मदाङकिनी हाईड्रो, बिशालबजार कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको १२ करोड७७ लाख ४० हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र सिभिल बैंक रहेका छन् ।


क्लिकमान्डु