बम्पर लाभांश घोषणा गरेको रिडी पावर कम्पनीको कारोबार किन रोक्यो नेप्सेले ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बम्पर लाभांश घोषणा गरेको रिडी पावर कम्पनीको कारोबार रोक्का गरेको छ ।

मंगलबार आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ४२.१० प्रतिशत लाभांश घोषणा गरेको कम्पनीको बुधबार नेप्सेले कारोबार रोक्का गरेको हो ।

नेप्सेका अनुसार कम्पनीले मंगलबार कारोबार समयमा ११ बजे सञ्चालक समितिको बैठक बसी उक्त लाभांश घोषणा गरेको भन्दै कारोबार रोकेको जनाएको छ ।

धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम २२(१) (घ) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैठकबसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले बञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव परेको जनाएको छ ।

नेप्सेले क्रम्पनीलाई के कति कारणबाट नेप्सेको कारोबार समय भित्र सञ्चालक समितिको बैठकले आफना सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो र समयमा नै जानकारी नदिएको हो? भन्दै प्रश्न गरेको छ । उक्त प्रश्नको स्पष्टिकरण तीन दिन भित्र पेश गर्न नेप्सेले भनेको छ ।


क्लिकमान्डु