रिडी पावर कम्पनीको बम्पर लाभांश घोषणा, बोनस ४०% दिँदा नगद कति ?



काठमाडौं । रिडी पावर कम्पनीले लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४२.१० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु