प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार, कारोबार रकम बढ्यो



काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक १.६३ अंकले बढेर परिसूचक १९३८.४६ बिन्दुमा रोकिएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १.२२, विकास बैंक ६.३६, वित्त कम्पनी ६.५४, जलविद्युत २.५०, लगानी समूहको उपसूचक ०.२७ अंकले बढेको छ ।

यस्तै माइक्रोफाइनान्स समूहको उपसूचक ०.७७ र ट्रेडिङ समूहको उपसूचक २८.३१ अंकले घटेको छ । २३ कम्पनीको ७ हजार २० कित्ता सेयर १९ लाख १५ हजार १३३ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु