कालिन्चोक दर्शनले स्थानीय र वैदेशिक रोजगारीमा रहेको नेपालीलाई आईपीओ ल्याउने



काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसिर १४ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै आयोजना प्रभावितले २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उत्तल अवधिमा माग अनुसार आवेदन नपरेमा पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पुँजी ६० करोडको २ प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँ १ लाख २० हजार कित्ता आर्इपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्न लागेको हो भने सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।

प्रति कित्ता १०० रुपैयाँका दरले आयोजना प्रभावितले न्यूनतम १० देखि अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि १० हजार ८०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । आवेदनकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयमा आवेदन दिन सक्नेछन् ।

यस्तै दोलखामा रहेको मेगा बैंकको काटाकुटी, मैनापोखरी र चरिकोट शाखा र सेञ्चुरी बैंकका सिगटी शाखाबाट आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु