प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म मतदान गर्न उत्साहजनक सहभागिता (फोटो फिचर)



काठमाडौं । आइतबार बिहान ७ बजेदेखि नै देशभर प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ ।

देशका केही स्थानमा छिटफुट हुलदंगा भएपनि बाँकी स्थानमा शान्त वातावरणमा मतदान भइरहेको छ ।

मतदान गर्नका लागि प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री, विभिन्न उच्च पदस्थ व्यक्तिदेखि आम सर्वसाधारण समेतको उल्लेख्य सहभागिता देखिएको छ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।

निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ।


क्लिकमान्डु