सेयर धितोमा जाने कर्जा ५.२ प्रतिशतले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा दिने कर्जा ५.२ प्रतिशतले घटेको छ ।

असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३३ करोड ५२ लाख रुपैयाँ कर्जा दिएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ५.२ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा १ खर्ब ३ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा १ करोड भन्दा बढी र २५ देखि ५० लाखसम्म जाने कर्जा घटेको छ । तर ५० लाख देखि १ करोडसम्मको कर्जा बढ्दा २५ लाखसम्मको कर्जामा पनि गिरावट आएको छ ।

असोज मसान्तसम्म १ करोड भन्दा बढी कर्जा ६.४ प्रतिशते घटेको छ । गत असोज मसान्तमा ६७ अर्ब ९३ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह भएकामा चालु आवको सोही अवधिमा ४३ अर्ब ५८ करोड ६ लाख रुपैयाँ रहेको छ ।

यस्तै २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा पनि घटेको छ । राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म २५ देखि ५० लाख रुपैयाँसम्म जाने कर्जा १०.४ प्रतिशतले घटेको छ । असोज मसान्तसम्म १३ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १४ अर्ब ६१ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।

यस्तै ५० लाख देखि १ करोड रुपैयाँसम्म जाने कर्जा ३ प्रतिशतले बढेर १० अर्ब ८७ करोड ५१ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १२ अर्ब ८६ करोड २३ लाख रुपैयाँ रहेको थियो । केन्द्रीय बैंकका अुनसार असोज मसान्तसम्म २५ लाख सम्म जाने कर्जा पनि भटेको छ । असोज मसान्तसम्म ८ अर्ब २६ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिमा ८ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

पछिल्लो समयमा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएसँगै सेयर धितोमा जाने कर्जा न्यून देखिएको छ ।


क्लिकमान्डु